प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मल्लरानी गाउँकमिटीले निर्वाचन केन्द्रित अभियान शुरु गरेको छ । आसन्न निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि कमिटी निर्वाचन केन्द्रित भएको हो ।
मल्लरानी गाउँपालिकामा पालिका उपाध्यक्ष याम बहादुर केसीको संयोजकत्वमा ३५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
त्यसैगरि पालिका सह–इन्चार्ज रामचन्द्र केसीको संयोजकत्वमा आर्थिक समिति र विजयसिंह भारतीको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ । मल्लरानी गाउँपालिकाले पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायत जनप्रतिनिधिको सिफारिस समेत गरेको छ । पालिका अध्यक्षमा अध्यक्ष सुनिल शाही लेकाली, दिपा घर्ति, राजकुमार कक्षपतिको नाम सिफारिस गरेको छ ।
उपाध्यक्षमा इश्वरा आचार्य, याम बहादुर केसी, विजयसिंह भारतीको नाम सिफारिस भएको छ ।
वडा नं. ४ र ५ मा सर्वसम्मत नाम सिफारिस भएको छ । ४ नम्वर वडामा गोपाल नकर्मी र ५ नम्वर वडामा राम बहादुर थापाको नाम सिफारिस भएको छ ।
त्यसैगरि १ नम्वर वडामा खुमानसिंह राहुँ र इश्वर विक, २ नम्वर वडामा रामु पौडेल, बल बहादुर केसी र ३ नम्वर वडामा नोमराज पौडेल, टुकाराम अधिकारी, गंगाराम पौडेलको नाम सिफारिस भएको नेकपा एमाले मल्लरानी गाउँकमिटीले जानकारी दिएको छ ।