राष्ट्रियसमाजस्थानीय सरकार

झिमरुकले विपदमा परेका स्थानीयलाई राहत दिने

प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले बिपदमा परेका स्थानीय जनतालाई राहत उपलब्ध गराउने भएको छ ।

 

पालिका स्तरीय बिपद ब्यबस्थापन कोष संचालक समितिको बुधबार बसेको बैठकले गत असार देखि असोज सम्म बाढिपहिरोले क्षेती पुर्याएका घरगोठ र खानेपानी लगाएतको प्रहरी मुचुल्का वडाको सिफारिस र सम्बन्धि उपभोक्त समितिको निर्णय प्राबिधिक रिपोर्टको आधारमा गाउँपालिकामा आएका निबेदनहरुलाई पालिकामा रहेको राहत सामाग्री प्राथमिकताको अनुसार वितरण गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

 

 

गाउँपालिकामा उपभोक्ताले हालसम्म दिएको निवेदनको आधारमा घरगोठको पुर्ण र आंशिक क्षेती जिल्लामा सिफारिस गरेर पठाइएको कतिपयले ब्यक्तिले राहत नपाएकोले त्यस्ता उपभोक्ताहरूलाई पहिचान गरि गाउँपालिकाको राहतकोषबाट राहत उपलब्ध गराउन लागिएको उहाँले बताउनुभयो । वर्षात शुरु हुनलागेकोले क्षेतीको न्यूनीकरण गर्न पहल गर्ने र आवस्यकता अनुसार राहत कोष ब्यवस्थापन गर्न लागिएको अध्यक्ष महतरा क्षेत्रीले बताउनुभयो ।

 

 

पालिकामा करिब ४० जना ब्यक्तिलाई राहत उपलब्ध गराउने निर्णय भएको उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभएको छ । उपाध्यक्ष पोख्रेलका अनुसार वर्षाको कारण र सडक खन्ने क्रममा अवरुद्ध भएका खानेपानी आयोजानाहरूलाई सुचारु गर्न मर्मतको लागि पाइप उपलब्ध गराउन योजनाको अनुगमन गरि राहतको काम अगाडि बढाइने निर्णय भएको छ ।

 

 

गाउँपालिका स्तरीय बिपद ब्यवस्थापन कोष सञ्चालक समितिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षता पालिका उपाध्यक्ष प्रमोद पोख्रेल निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि पोख्रेल लगाएत बिपत् ब्यवस्थापन कोष सञ्चालन समितिका सदस्यहरुको उपस्तिथि रहेको थियो ।

Related Articles

Back to top button