प्यूठान । माण्डवी गाउँपालिका वडा नं. ३ ले सेवाग्राहीलाई घरमै पुगेर सेवा दिन थालेको छ । व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता सम्बन्धी सेवा घरमै पुगेर दिन थालिएको वडा अध्यक्ष धनेन्द्र कार्कीले बताउनुभयो ।
वडाले सूचना जारी गरेर जन्म, मृत्यु, बसाईसराई, विवाह, सम्वन्ध विच्छेद, वृद्ध भत्ता, एकल महिला भत्ता, दलित बालबालिका, अपांगता भत्ता लगायतको काम गर्न कर्मचारी खटाइएको जानकारी गराएको छ ।