> समाज > प्यूठान क्याम्पसको १४ औं क्याम्पस सभा : २५ जना विद्यार्थीलाई छात्रवृत्ति


प्यूठान क्याम्पसको १४ औं क्याम्पस सभा : २५ जना विद्यार्थीलाई छात्रवृत्ति

प्यूठान । स्थानीय स्तरमै उच्च शिक्षा उपलब्ध गराउने उदेश्यले स्थापना भएका क्याम्पस सञ्चालनमा समस्या देखिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । प्यूठान क्याम्पसको आज सम्पन्न १४ औं क्याम्पस सभामा सहभागीले जिल्लामा खुलेका क्याम्पसहरु आर्थिक रुपमा संकटमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

 

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले उच्च शिक्षाका लागि विद्यार्थीहरु शहर पस्ने चलन बढ्दै गएको भन्दै त्यसले गाउँम खुलेका शैक्षिक संस्थालाई असर गरेको बताउनुभयो । माध्यमिक तहसम्म स्थानीय सरकारले जिम्मा लिएपनि क्याम्पस सञ्चालनमा समस्या देखिएको उहाँको भनाई छ । क्याम्पसको गुणात्मक विकासका लागि प्राविधि शिक्षालाई समेत प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ ।

 


कार्यक्रममा मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले प्यूठान क्याम्पसलाई पालिकाले नियमित रुपमा अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो । यसवर्ष १५ लाख रुपियाँ अनुदान छुट्याएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको शिक्षा र स्वास्थ्य प्रति पालिका संवेदनशिल रहेको भन्दै पालिकाको शैक्षिक अवस्था सुधार्न कार्यदल बनाएको उल्लेख गर्नुभयो । प्यूठान क्याम्पसको अवस्थालाई माथी उठाउन सवै लाग्नुपर्ने उहाँको सुझाव छ ।

 

कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष शिवराज श्रेष्ठले क्याम्पस सञ्चालन गर्ने उदेश्य अनुसार क्याम्पस चल्न नसकेको बताउनुभयो । सञ्चालक समितिका सदस्यहरु सक्रिय नहुँदा समेत समस्या रहेको उहाँको भनाई छ । उहाँले मल्लरानी गाउँपालिकाको सम्पत्ति समेत भएको क्याम्पसलाई पालिकाले आवश्यक बजेट विनियोजन नगरेको गुनासो गर्नुभयो । कम्तीमा ५० लाख रुपियाँ क्याम्पसका लागि विनियोजन गर्नुपर्नेमा पालिकाले त्यसतर्फ चासो नदिएको उहाँको भनाई छ ।

२५ विद्यार्थीलाई छात्रवृत्ति
क्याम्पसले विभिन्न व्यक्ति तथा संस्थाले स्थापना गरेको छात्रवृत्ति वितरण गरेको छ । विभिन्न विधामा स्थापना गरिएको छात्रवृत्ति २५ जनालाई प्रदान गरिएको छ ।

 

विद्यार्थी, सुनिता श्रेष्ठ, शुसिला भण्डारी, सिता सुनार, राहुल विक, जुना श्रेष्ठ, अनिता श्रेष्ठ, रञ्जु श्रेष्ठ, अंकिता श्रेष्ठ, लक्ष्मी शाही, इन्द्रा गुरुङ, अन्जना शाही, एन्जिला बुढाथोकी, निर्मला पौडेल, रिमा विश्वकर्माले छात्रवृत्ति पाएका छन् ।

 

त्यसैगरि कविता पौडेल, सदिक्षा केसी, सरस्वती शाही, पवन खड्का, केशरी खत्री, दिपा गिरी, विरेन्द्र नेपाली, अनिशा केसी, प्रवेशचन्द्र लवट, खिमा राहुँमगर र महेन्द्र सारु मगरले छात्रवृत्ति पाएका छन् ।

 

कार्यक्रममा मल्लरानी गाउँपालिका २ का वडा अध्यक्ष लेख बहादुर थापा, पत्रकार यादप पण्डित, सुजल श्रेष्ठ, प्रध्यापक राधेश्याम श्रेष्ठ, विद्यार्थी दिपा गिरीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन क्याम्पस प्रमुख कल्पना खड्काले प्रस्तुत गर्नुभएको थियो । स्वागत सञ्चालक समिति सदस्य दामोदर शर्मा र सञ्चालन प्रध्यापक देविराम वैदिकले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *