स्थानीय सरकार

मल्लरानी गाउँपालिकाको बजेट खर्च कति ?

प्यूठान । मल्लरानी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ८२.९५ प्रतिशत बजेट खर्च गरेको छ । पालिकाले आम्दानी गरेको ४० करोड २६ लाख २६९ रुपिँया मध्ये ३३ करोड ८० लाख ७५ हजार ४७६ रुपिँया खर्च गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत रहनुभएका लेखा अधिकृत कमानसिंह केसीले जानकारी दिनुभयो ।

पालिकामा प्रदेश तथा संघीय सरकारबाट जम्मा ३८ करोड २० लाख ४१ हजार ६०८ रुपियाँ निकासा भएर आएको थियो । अघिल्लो वर्षको मौज्दात २ करोड ५५ लाख ८ हजार ६६१ थियो ।

 

गाउँपालिकाको चालु खर्च तर्फ २२ करोड ३९ लाख ६३ हजार ९१४ (८६.३ प्रतिशत) रहेको छ । भने, पुँजिगत खर्च ११ करोड ४१ लाख ११ हजार ५६२(६७.९३ प्रतिशत) रहेको लेखा अधिकृत के.सी.ले जानकारी दिनुभयो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ५० लाख १० हजार ६३३ रुपियाँ आन्तरीक आम्दानी गरेको लेखा अधिकृत केसीले बताउनुभयो ।

Related Articles

Back to top button