आर्थिक/बिकासराष्ट्रियसमाज

तिहारको लागि तयार हुँदै फूल !

प्यूठान । उज्यालो पर्व तिहार नजिकिदै छ । झिलिमिली बत्ति र फूलले तिहारलाई उज्यालो बनाउँछ । देउँसी भैलोले रमाइलो थप्छन् ।

 


तिहारको तयारी थालिएका छन् । घर सरसफाई, लिपपोत, रंगरोगन । विभिन्न परिकारका रोटी बनाउने तयारी पनि भइरहेका छन् ।

 


तिहारका लागि भनेर रोपेका फूल फूल्ने क्रममा छन् । कुनै वर्ष चाँडो फूल फुलेर फूलको अभाव हुन्छ । कुनै वर्ष समयमै फूल नफूल्दा समस्या हुन्छ ।

 


मखमली र सयपत्री फूलको मालाका लागि यसवर्ष फूल समयमै फूल्दैछन् । जिल्लामा तिहारलाई लक्षित गर्दै फूलखेती समेत गर्न थालिएको छ ।

 


प्यूठानको व्यापारिक क्षेत्र जुम्रीमा राधिका केसी र रेखा खत्रीले व्यावसायिक फूल खेती गर्नुभएको हो । अघिल्लो वर्ष १ रोपनी क्षेत्रफलमा खेती गरेकोमा यो वर्ष ३ रोपनी क्षेत्रफलमा फूल खेती गरिएको छ ।

 


“फूल तयार भइसकेका पनि छन्, तिहारका लागि पनि हुन्छ” राधा केसीले भन्नुभयो “मालाका लागि फूल विक्री गर्छौ, माला बनाएर बेच्दैनौ, एउटा माला बनाउन पुग्ने गरि फूल बेच्ने गर्छौ ।” अघिल्लो वर्ष गरेको ठाउँभन्दा फरक ठाउँमा खेती गरेको उहाँले जानकारी दिनुभयो ।

Related Articles

Back to top button