> समाज > प्यूठानमा करेन्ट लागेर एक जनाको मृत्यु


प्यूठानमा करेन्ट लागेर एक जनाको मृत्यु

प्यूठान, १ भाद्र । प्यूठानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बदेल मार्ने भनि आफ्नै बारीमा थापेको करेन्टमा परी ऐरावति गाउँपालिका–२ उखारीका ६० वर्षिय पिमा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

शवलाइ पोष्ट मार्टम पछि परिवार जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *