समाज

प्यूठानमा बन्दुक सहित २ जना पक्राउ

प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले भरुवा बन्दुक सहित २ जनालाई नियन्त्रणमा लिएको छ । ऐरावती गाउँपालिका वडा नं. १ स्थित अमेली बस्ने ४१ वर्षीय निम बहादुर घर्ति र ५० वर्षीय दिल बहादुर सारुलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

 

विहीबार राती ११ बजे उनीहरु पक्राउ परेका हुन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय विजुवारका प्रहरी निरीक्षक दिपेन्द्र बानिया र प्रहरी चौकी दाङवाङका प्रहरी सहायक निरीक्षक गिर बहादुर विकको टोलीले गोठमा खानतलासी गरेर हतियार फेला पारेको हो ।

 

दुवै जनालाई हातहतियार तथा खरखजाना सम्वन्धी कसूरमा मुद्धा दर्ता गरि अदालतमा पेश गरेपछि अदालतले ७ दिनको म्याद थप गरेको छ ।

Related Articles

Back to top button