महेश थापा
बाहाने । नौबहिनी गाउँपालिका वडा नं. ६ मा गठबन्धनबाट नेपाली कांग्रेसका मान बहादुर केसी वडा अध्यक्षमा विजयी हुनुभएको छ । केसीले १०८० र प्रतिस्पर्धी नेकपा एमालेका सुर्य बहादुर केसीले ९०९ मत प्राप्त गर्नुभएको हो ।

महिला वडा सदस्य अस्मिता विक, दलित महिला सदस्य राधा विक, खुल्ला सदस्य अमर बहादुर केसी र बल बहादुर केसी विजयी हुनुभएको छ । यो सँगै नौबहिनीको ६ वटा वडाको मतगणना सकिएको छ । अव वडा नं. ४ र ५ को मतगणना बाँकी छ ।





