प्युठान । स्वर्गद्वारी नगरपालिकामा गठबन्धनमा आबद्ध तीन दलले चुनावी तालमेल मिलाएका छन ।
नेपाली काङ्ग्रेस, रास्ट्रीय जनमोर्चा र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको हो ।

सहमति अनुसार प्रमुखमा नेपाली काङ्ग्रेस र उपप्रमुखमा रास्ट्रीय जनमोर्चाले पाउने छन ।
पालिकाको ४ वटा वडा जनमोर्चालाई, ३ वटा वडा काङ्ग्रेसलाई र २ वटा वडा माओवादीलाई दिने सहमति भएको छ ।
