राष्ट्रियसमाज

विवाहको अवसरमा अक्षयकोष स्थापना, इसीजी मेसिन सहयोग

प्यूठान । गौमुखी गाउँपालिका वडा नम्वर ४ ठुलावेशीका न्यौपाने परिवारले विवाहको अवसरमा अक्षयकोष स्थापनासँगै इसीजी मेसिन सहयोग गरेको छ ।


पुष्प न्यौपाने र सुजाता चन्दको विवाहको अवसरमा न्यौपाने परिवारले एक लाख २५ हजार रुपियाँको गाउँपालिका स्तरीय दलित छात्रवृत्ति अक्षयकोष र एक लाख १५ हजार रुपियाँ मुल्यको इसीजी मेसिन गाउँपालिकालाई हस्तान्तरण गरेको हो । इसीजी मेसिन पुँजा स्वास्थ्य चौकीमा रहने गरि प्रदान गरिएको हो ।

 

सोही अवसरमै पुजा स्वास्थ्य इकाई नजिक जन्म स्थानको सम्मान स्वरूप तीन लाख ७५ हजार रुपियाँको लगानीमा निर्माण गरिएको प्रतीक्षालय बेहुला पुष्प न्यौपानेका हजुरबुबा समाजसेवी लालुराम जैसीले गाउँपालिका अध्यक्ष गिरीलाई हस्तान्तरण गर्नु भएको छ ।

 


कार्यक्रममा परिवारको तर्फबाट पुष्प न्यौपानेका बुवा ज्ञामुराम न्यौपानेले समाजका विविध क्षेत्रमा सहयोग बढाउँदै जाने बताउनुभयो । उहाँले अहिले हस्तान्तरण गरेका बस्तुकाृ उपयुक्त सुरक्षा र संरक्षण हुने आशा रहेको बताउनुभयो ।

 

समाज सेवामा रूचि राख्ने न्यौपाने परिवारले गाउँपालिका भित्रका विभिन्न विद्यालय तथा स्वास्थ्य संस्थाका लागि आर्थिक रकम सहयोग गर्दै आएको छ ।

Related Articles

Back to top button