समाज

आर्थिक अभावका कारण पूर्व गाविस अध्यक्ष थापाको उपचारमा समस्या

प्यूठान, १० पुस । आर्थिक अभावका कारण विजुली गाविस प्यूठानका पुर्व अध्यक्ष वेगम थापाको उपचारमा समस्या भएको छ ।

उहाँलाई मुत्रथैलीमा मासु पलाएर क्यान्सर भएको हो । ६ वर्षदेखि क्यान्सर अस्पताल चितवनमा उपचार गराईरहुनभएका थापासँग भएको पैसा सकिएपछि शल्यक्रिया गर्न समस्या परेको उहाँका आफन्तले बताएका छन् ।

हाल ऐरावती गाउँपालिका वडा नं. ६ विजुली च्यूरापानी निवासी ५८ वर्षिय थापा २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपचारमै १० लाख बढि रकम खर्च भएको छ । करिव तीन लाख रुपैंया भएमा शल्यक्रिया हुन सक्ने अस्पताललाई उदृत गर्दै स्थानीय समाजसेवी श्याम थापाले जानकारी दिनुभयो ।

‘युवा अवस्थादेखि नै उहाँ न्यायको क्षेत्रमा आवाज उठाउने सामाजिक व्यक्तित्व हुनुहुन्छ ।’ ,उहाँले भन्नुभयो, ‘युवा उमेर समाजलाई योग्दान गर्नुभएका वेगम थापा अहिले अस्पतालको वेडमा आर्थिक अभावले छट्पट्टिनु पर्ने अवस्था ज्यादै पीडादायी हो ।’

शिक्षक पेशामा आवद्ध वेगम थापा, सेवा छोडेर सामाजिक सेवामा लाग्नुभएको हो । सामान्य शल्यक्रिया गर्न नसकेर उहाँ ‘कहिले अस्पताल, त कहिले घर गर्दै’ आउनुभएको छ । कसैबाट सहयोग भएमा एक असल र इमान्दार व्यक्तिलाई बचाउन सकिने श्याम थापाको बुझाई छ ।

Related Articles

Back to top button