आर्थिकसमाज

समाजबाट हराउँदैछन यी बस्तु !

पछिल्लो पुस्ताले नदेखेको नभोगेको

प्यूठान, ११ चैत ।

प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा गणतान्त्रिक खेल मैदान विजुवारमा ‘स्वर्गद्धारी प्यूठान चौथो महोत्सव’ सकिएको छ । स्थानीय उत्पादन तथा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले सञ्चालन भएको महोत्सवमा तपाईले के के देख्नुभयो ?

महोत्सवमा एउटा चारपाखे खरले छाएको घर बनाइएको थियो । जस भित्र तपाई छिर्नुभयो ? यदि त्यहाँ तपाई छिर्नुभएको भए यी सामाग्री पक्कै देख्नुभयो होला । त्यस भित्र पस्नुभएन भने तपाईले त्यो दृश्य छुटाउनुभयो ।

जहाँ पछिल्लो पुस्ताले नदेखेको नभोगेको र समाजबाट लोप हुँदै गएका बस्तुको प्रर्दशनी राखिएको थियो । ती सामाग्रीले विगतमा हाम्रो दैनिकी चल्ने गर्दथ्यो । जुन अहिले विकसित समाजका कारण लोप हुँदै गएका छन् । त्यसका ठाउँमा नयाँ प्रविधि र सञ्चारले ठाउँ लिएका छन् ।

हेर्नुस् चारपाखे खरको घरभित्र राखिएका लोपउन्मुख सामाग्री

 

ढकिया
लालटिन
रेडियो सेट
परम्परागत तराजु
सेगु (ओरो)
नौनी राख्ने भाँडो
काठको चप्पल
फुङ्गो
सेरे हर्पे
ठड्यौरो
खरको कुँचो

 

Related Articles

Back to top button