प्यूठान, ७ साउन । प्यूठानमा भोलि विहिबारदेखी सार्वजनिक सवारी चल्ने भएका छन् ।
सरकारले आजदेखि लकडाउन खुल्ला गरेसँगै जिल्लाका यातायात व्यवसायीले भोलिदेखि सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन् ।
गौमुखी स्वर्गद्वारी यातायात प्रालि र नमस्ते प्यूठान यातायात प्रालिले सवारी चलाउने निर्णय गरेका छन् । यातायात प्रालिमा आवद्ध सवै व्यवसायीलाई सवारी चलाउन दुई समितिले आह्वान समेत गरेका छन् ।






