प्यूठान, १५ जेठ ।
आर्थिक वर्ष २०७७/७८ को बजेट आज संघीय संसदका संयुक्त सदनमा प्रस्तुत भएको छ । बिहिवार अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गर्नभएको हो ।
चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।
बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने बजेट वक्तव्यमा उल्लेख छ ।
आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने अर्थमन्त्रले जनाउनुभएको छ ।
वजेट वक्तव्यको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।
