समाज

सम्पर्कविहीन भएको पाँच दिनपछि मृत भेटिए झिमरुकका युवा

प्यूठान । पाँच दिनदेखि सम्पर्कविहीन रहेका प्यूठानको झिमरुक गाउँपालिका–३ सकलधाराका २७ वर्षीय दिलिप सामत गौमुखी गाउँपालिकामा मृत अवस्थामा फेला परेका छन् ।

गत असोज २० गतेदेखि परिवारको सम्पर्कमा नरहेका सामत असोज २५ गते गौमुखी गाउँपालिका–७ धर्मपानी स्थित ठूलो सिमलको फेदमा रहेको कोप्चेरामा मृत अवस्थामा फेला परेका हुन् ।

परिवारका अनुसार सम्पर्कविहीन भएपछि उनको खोजी भइरहेको थियो । खोजीकै क्रममा पाँच दिनपछि उनी मृत अवस्थामा फेला परेका हुन् ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ । इलाका प्रहरी कार्यालय ओखरकोट मच्छी प्रहरी टोलीले घटनास्थल पुगेको हो ।

सामतको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन ।

Related Articles

Back to top button