> राष्ट्रिय > प्यूठान महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर


प्यूठान महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

प्यूठान । स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव-२०७९ मा स्वास्थ्य शिविर आयोजना गरिएको छ । फागुन ४ गतेदेखि १० गतेसम्म महोत्सवको आयोजना, लुम्बिनी सिटी अस्पताल वुटवलको व्यवस्थापनमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो ।

 

शिविरमा फागुन ४, ५ र ७ गते हाडजोर्नि तथा नशा रोग, फागुन ४, ५ र ६ गते महिला तथा स्त्री रोग, फागुन ४ देखी १० गतेसम्म जनरल मेडिसीन, फागुन ४ र ५ गते नशा तथा मानसिक रोग, फागुन ४ गते स्तन क्यान्सर रोग तथा सर्जरी, फागुन ७ गते नाक, कान, घाँटी रोग र फागुन ९ गते न्यूरो सर्जरी सम्वन्धी जाँच तथा परामर्श गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *