प्यूठान । ऐरावती गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका नविल विक्रम शाह नेपाली कांग्रेस प्यूठान क्षेत्र नं. १ को क्षेत्रिय सभापतिमा विजयी हुनुभएको छ ।
शाहले ४६८ मत प्राप्त गरी सभापतिमा निर्वाचित हुनुभएको हो । सभापतिका प्रतिष्पर्धी दुर्गबहादुर बुढाथोकीले ११४ मत र नेत्रमणि पोख्रेलले ७३ मत प्राप्त गर्नुभयो ।
समितिको उपसभापतिमा सुवर्ण कुमार श्रेष्ठ, सचिवमा पुनाराम खत्री, सहसचिवमा सतिस केसी निर्विरोध चयन हुनुभएको छ ।





