राजनीति

कांग्रेस प्यूठान-२ को क्षेत्रीय सभापतिमा न्यौपाने र जिसी बीच प्रतिस्पर्धा हुने

प्यूठान । नेपाली कांग्रेस प्यूठान २ नं. क्षेत्रीय समितिको सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

सभापति पदका लागि चन्द्रलाल न्यौपाने र जुमान सिंह जिसीको उम्मेदवारी परेको हो ।
समितिको उपसभापतिमा बालाराम पौडेल, सचिवमा मधुसुदन भण्डारी र शशिधर घिमिरे, सहसचिवमा बासुदेव केसी र महिला सहसचिवमा बसन्ता थापाको उम्मेदवारी परेको छ ।

भोलि मंगलबार हुने निर्वाचनमा यस क्षेत्रका ६७८ जना प्रतिनिधि सहभागी हुनेछ्न ।

Related Articles

Back to top button