स्थानीय सरकार

दुई दिन विद्यालय बिदा : बाँझियो गाउँपालिका र वडा कार्यालयको परिपत्र

प्यूठान । भारी वर्षाको उच्च जोखिम रहेको भन्दै प्यूठानका नौ वटै पालिकाले विद्यालयहरुलाई शुक्रवार र शनिबार बिदा दिन परिपत्र गरेका छन । परिपत्र अनुसार विद्यालयले पनि बिदा दिए । तर, एक गाउँपालिका र वडा कार्यालयको परिपत्र भने बाँझिएको छ ।

माण्डवी गाउँपालिकाले स्थानीय बिदामा समायोजन हुनेगरी दुई दिन सार्बजनिक बिदा दिन सामुदायिक र संस्थागत विद्यालयलाई परिपत्र गरेको छ ।

वडा नं. ३ को वडा कार्यालयले विद्यालयहरुलाई गरेको परिपत्रमा भने अर्कै ब्यबस्थापन गर्न भनिएको छ । परिपत्रमा दुई दिनको आकस्मिक बिदालाई स्थानीय बिदामा समायोजन नहुने गरि आउँदो दुई आइतबार पठनपाठनको ब्यबस्था गर्न परिपत्र गरेको हो ।
विद्यालयले दिन पाउने स्थानीय बिदा सिमित हुने र चाडवाडको समयमा पठनपाठन प्रभावित हुने भएकाले अतिरिक्त ब्यबस्थापनको लागि विद्यालयहरुलाई अनुरोध गरिएको वडाध्यक्ष धनेन्द्र कार्कीले बताउनुभयो ।

दुबै सूचना बारे जानकारी प्राप्त भएको भन्दै वडा स्थित माण्डवी माध्यमिक विद्यालय नयाँगाउँका प्रधानाध्यापक मीन बहादुर रानाले विद्यालय खुलेपछी यसबारे निर्णय लिने उल्लेख गर्नुभयो । `स्थानीय संचित बिदाको अवस्था हेरेर आवश्यक निर्णय लिने छौं ।´ ,उहाँले भन्नुभयो, `आवश्यक परेको खण्डमा दुई दिन विद्यालय संचालन गर्न पनि तयार छौं ।´

Related Articles

Back to top button