समाजस्थानीय सरकार

विश्व वातावरण दिवसको अवसरमा प्यूठानमा प्रदर्शनी

प्यूठान । ५४ औं विश्व वातावरण दिवसको अवसर पारेर प्यूठानको सरुमारानी गाउँपालिकामा सचेतनामुलक प्रदर्शनी गरिएको छ । गाउँपालिकाको आयोजनामा वातावरण मैत्री विकास बारे प्रदर्शन गरिएको हो ।
प्रदर्शनीमा जलबायु परिवर्तनको असर र वातावरण अनुकुलन सम्बन्धि सन्देश तथा प्रशिक्षण, भान्साबाट हुने कार्वन उत्सर्जन कम गर्ने उपाए, प्राकृतिक रुपमा सालको पातबाट बनेका दुना टपरीको प्रयोग, बिपत्तका समयमा प्रयोग हुन प्राबिधिक सामाग्री राखिएको छ ।
`समृद्ध भबिष्यको आधार : जलबायु तथा प्रकृतिमैत्री विकास´ भन्ने नाराका साथ यस वर्षको दिवस मनाइएको हो । यस वर्षको नारासँग मिल्ने गरि शहरमा मात्र नभैइ ग्रामीण क्षेत्रमा पनि सचेतनाको आवश्यकतालाई मध्यनजर गरि प्यूठानको सरुमारानी गाउँपालिकामा कार्यक्रम आयोजना गरिएको जनताका लागि उर्जा तथा विकास संस्थाका प्रमुख कार्यकारी अधिकृत बिराज गौतमले बताउनुभयो ।
स-साना गल्तीका कारण वातावरण प्रदुषण हुँदै गएकोले सबैले आ-आफ्नो ठाउँबाट वातावरण संरक्षणमा योगदान गर्नुपर्ने सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिबिक्रम खडकाले बताउनुभयो । `यत्रतत्र छरिएका फोहोरहरु, ढल निकासको उचित ब्यबस्थापन नहुँदा वातावरण प्रदुषण हुँदै आएको छ ।´ ,उहाँले भन्नुभयो, `वातावरण संरक्षण र सफा राख्न सबै जिम्मेवार बन्नुपर्छ ।
डिभिजन वन कार्यालयको समन्वयमा जनताका लागि उर्जा तथा विकास संस्था, सोर्ड नेपाल हेफर परियोजना, प्रतिबद्धता परियोजनाको सहकार्यमा कार्यक्रम गरिएको हो । प्यूठानका सरुमारानी र माण्डवी गाउँपालिकामा प्यूठान जिल्लाको लागि जलबायु कार्यहरुको स्थानीयकरण कार्यक्रम कार्यान्वयनमा रहेको छ ।

Related Articles

Back to top button