प्यूठान । सरुमारानी गाउँपालिकाले वडाहरुमा संचालन गरेको पशु स्वास्थ्य घुम्ती शिविरबाट ३५० घरपरिवार लाभान्वित भएका छ्न ।
वैशाख १० देखि १७ गतेसम्म ६ वटै वडामा शिबिर सञ्चालन गरिएको पशुसेवा शाखा प्रमुख केशब गिरीले जानकारी दिनुभयो । शिविरमार्फत १३५ भैंसीराँगा, ४६३ गाईगोरु, ३ हजार १८२ बाख्राबोका, ४ हजार १३४ कुखुरा र १२७ बंगुरको रोग अनुसार उपचार तथा औषधि वितरण गरिएको उहाँले बताउनुभयो ।
१५ कुकुरलाई रेविजविरुद्ध खोप लगाइएको छ भने १४ बोकाको बन्ध्याकरण गरिएको शाखाले जनाएको छ । गाउँपालिकाले ‘किसानसँग गाउँ सरकार’ कार्यक्रम अन्तर्गत शिबिर सञ्चालन गरेको हो ।





