प्यूठान, १५ असोज । नौबहिनी गाउँपालिकाले ५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । साहित्यिक, राजनितीक र सामाजिक क्षेत्रमा योगदान पुराएको भन्दै सम्मान गरिएको नौबहिनी गाउँपालिकाले जानकारी दिएको छ ।
अन्तराष्ट्रिय जेष्ठनागरिक दिवशको अवसरमा देबेन्द्रकुमार रिजाल, ११० बर्षिय चनमति बुढा, देबिराम पुन, सुर्यबहादुर बिश्वकर्मा र सुर्यबहादुर बिश्वकर्मालाई सम्मान गरिएको नौबहिनी गाउँपालिकाको सामाजिक बिकास अधिकृत दामोदर पाण्डेले जानकारी दिनुभएको छ । उहाँहरुलाई प्रमाणपत्र तथा नगद सहित सम्मा गरिएको हो ।
कोरोनाभाइरसको कारणले सबैलाई सम्मान गर्न नसकिएको पालिका अध्यक्ष शिव रिजालले बताउनु भएको छ । तथ्यांक संकलन सुरु गरिएको र आउने दिनमा सम्पुर्ण जेष्ठ जागरिकलाई सम्मान गरिने उहाँको भनाई छ ।
त्यस्तै मुख्य मन्त्रि ग्रामिण बिकास कार्यक्रम तथा नौ बहिनी गाउँपालिकाको सहकार्यमा ८५ जना बृद्धबृद्धाहरुलाई पानी छान्ने फिल्टर, कपडा तथा छाता समेत बितरण गरिएको छ । नौबहिनी गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको बाहाने बाट महेश थापाले जानकारी दिनुभएको छ ।
