प्यूठान । भारतीय पर्यटक लिएर भिङ्ग्रीबाट स्वर्गद्वारी जाँदै गरेको जीप बिहीवार भिङ्ग्रीकोट नजिकै दुर्घटना हुँदा एक तीन वर्षीय बालिकाको ज्यान गएको छ ।
मृत्यु हुनेमा भारत उत्तराखण्ड प्रदेश महाराजगण जिल्ला थाना मेटौली बस्ने करननाथ मौरीयाको ३ वर्षीय छोरी काव्य मौरीया रहेको प्रहरीले जनाएको छ ।
घाइते सबै महाराजगण मेटौलीका भएको प्रहरी निरिक्षक हरि भट्टराईले जानकारी दिनुभयो । दुर्घटनामा घाइते चालक सहित १७ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । २ जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो । घाइते मध्य ६ जना बालबालिका रहेका छ्न ।
सवारी चालक स्वर्गद्वारी नगरपालिका-९ का ३८ वर्षीय जगत नेपाली रहेका छन । स्वर्गभुमी यातायात समितिको लु १ ज ३१७५ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
