प्यूठान । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्यूठानले स्थापना दिवस मनाएको छ । जिल्ला अस्पताल बिजुवारमा रहेका बिरामीहरुलाई फलफूल बितरण गरेर स्थापना दिवस मनाएको हो ।
२५ औं राष्ट्रिय लोक दोहोरी दिवसको अवसरमा बिरामीहरुलाई फलफूल बितरण गरिएको प्रतिष्ठान प्यूठानका अध्यक्ष तुकमानसिंह कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्यूठान नगरपालिकाका प्रमुख बिष्णु योगी, अस्पतालक अध्यक्ष विजय विराज विष्ट, प्रतिष्ठानका सल्लाहकार अर्जुनकुमार कक्षपती, यादव भण्डारी, भुवन सिंह लगायतको उपस्थिति रहेको थियो ।






