समाज

झिमरुक गाउँपालिकाको ओखरेनी खोला दोभानमा दुई वटा भरुवा बन्दुक फेला

प्यूठान । झिमरुक गाउँपालिका-१ ओखरेनी खोला दोभान स्थित खोलाको किनारमा ढुङगाको कोपेरामा दुई वटा भरुवा बन्दुक फेला परेको छ ।

१ नाल  साबुत र १ नाल बेसाबुत अबैध भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठान सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिनुभयो ।

अस्थायी प्रहरी पोष्ट सौतामारेबाट प्रहरी हवल्दार जीवन खत्रीको नेतृत्वको दुई जनाको टोलीले बन्दुक फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तस्बिर  : सौतामारेफेदी जंगलमा भेटिएको भरुवा बन्दुक ।

Related Articles

Back to top button