> समाज > मतदाता परिचय पत्र नभए अन्य कागजातबाटै भोट हाल्न पाइने


मतदाता परिचय पत्र नभए अन्य कागजातबाटै भोट हाल्न पाइने

श्रीराम भण्डारी

प्यूठान । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम भएका मतदाताले मतदाता परिचय पत्र नभए पनि मतदान गर्न पाउने छ्न । फागुन २० गते १८ बर्ष उमेर पुगेका मतदाता नामावलीमा नाम समाबेश भएका नेपाली नागरिकले ६ प्रकारमा परिचय पत्र मध्य कुनै एक पत्र देखाएर मतदान गर्न पाउने भएका हुन ।

 

मतदाताले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एउटा प्रमाण पत्रका आधारमा मतदान गर्न पाउने ब्यबस्था मिलाईएको मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले बताउनुभयो । निर्वाचन आयोगको निर्देशन अनुसार यस्तो ब्यबस्था मिलाइएको उहाँको भनाई छ ।

 

मतदाताले नामावलीमा नाम भएमा यी मध्ये कुनै एउटा कागजात लिएर मात्रै तोकीएको मतदान केन्द्रमा फागुन  २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाउने छ्न ।