> राजनीति > प्युठानमा स्वतन्त्र सहित १८ जनाको उम्मेदवारी


प्युठानमा स्वतन्त्र सहित १८ जनाको उम्मेदवारी

प्यूठान । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लामा स्वतन्त्र सहित १८ जनाले मनोनय दर्ता गराएका छन् । २ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा तर्फ दान प्रसाद सुवेदी, रामप्रसाद आचार्य र प्रदेश सभा क्षेत्र नम्वर २ मा माधव केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी प्रतिनिधिसभा सदस्यका लागि जिल्लामा नेकपा (एमाले) बाट सूर्य थापा र गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलको मनोनयन दर्ता भएको छ । प्रदेश सभा सदस्यका लागि प्रदेश सभा क्षेत्र नम्वर १ मा एमालेका तुल्सीराम शर्मा र नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारीको मनोनयन परेको छ । प्रदेश सभा क्षेत्र नम्वर २ मा एमालेका हरि प्रसाद रिजाल र नेपाली कांग्रेसका सरोज थापा (रोज राणा) को मनोनयन परेको छ ।

 


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, हाम्रो नेपाली पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधिसभामा होम बहादुर बुढाथोकीमगरले उम्मेदवारी दिनुभएको छ ।

 


राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेश क्षेत्र नम्वर १ मा गोपालनाथ योगी र प्रदेश क्षेत्र नम्वर २ मा लालविर घर्तिमगरले उम्मेदवारी दिनुभएको छ । नेकपा मालेबाट प्रतिनिधिसभा सदस्यमा माधवसिंह केसीले मनोनयन दर्ता गराउनुभएको छ ।

 


हाम्रो नेपाली पार्टीबाट प्रदेश क्षेत्र नम्वर १ मा हरि पौडेलको उम्मेदवारी परेको छ । मंगोल नेशनल अर्गनाइजेशनबाट प्रतिनिधिसभामा मन बहादुर पुन, प्रदेश क्षेत्र नम्वर १ मा नुना घर्तिमगर र क्षेत्र नम्वर २ मा रुपलाल बुढामगरको मनोनयन दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्ण प्रसाद पोख्रेलले उम्मेदवारी दिनुभएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *