प्यूठान, २७ वैशाख । नेपालमा थप सात जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ ।
आज राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परिक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
आज थप भएका ७ जना मध्ये ३ जना महिला उदयपुर, ३ जना पुरुष कपिलवस्तु र १ जना पर्साको रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । जसमध्ये ३० जना कोरोना निको भएर घर फर्किसकेका छन् ।






