> राष्ट्रिय > प्यूठानको माडी नदीमा बगेका दुई बालिका अझै भेटिएनन


प्यूठानको माडी नदीमा बगेका दुई बालिका अझै भेटिएनन

प्यूठान, ५ साउन । माडी नदिमा बगेर बेपत्ता भएका सरुमारानी गाउँपालिका वडा नम्वर ४ का दुई बालिका अझै भेटिएका छैनन् ।

सरुमारानी गाउँपालिका वडा नम्वर ४ स्थित बैके र मान्द्रेका दुई बालिका हिजो सोमबार माडी नदिमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

तस्विर चिन्त साेमैकाे फेसवुकबाट

अन्दाजी ८ वर्षीया विपना थापामगर र सर्मिला थापामगर बाख्रा चराउने गएका बेला नदीमा पौडी खेल्दा बगेको स्थानीयले बताएका छन् ।

 

उनीहरुको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *