प्यूठान । साँझ ५ बजेसम्म खुल्ने सरकारी कार्यालय आजदेखि अपराहन्न ४ बजेसम्म मात्र खुला रहने छन् । कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय विहान १० बजेदेखि ४ बजेसम्म खुल्ने सरकारी प्रावधान छ ।
तीन महिनाका लागि यो समयावधि लागु हुन्छ । माघ १६ गतेदेखि कार्तिक १५ गतेसम्म भने साँझ ५ बजेसम्म कार्यालय खुल्ने समय हो । प्रत्येक शुक्रवार भने ३ बजे कार्यालय बन्द हुनेछन् ।
कार्यालय खुल्ने समय तोकिए पनि अत्यावश्यक सेवाहरु अतिरिक्त समयमा समेत संचालन हुन्छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।
