प्युठान । नेकपा (एमाले) स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले राजनीतिक स्थायित्वको लागि दलहरु जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी प्युठानले आयोजना गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले एमाले सत्ताको लागि राजनीतिक मुल्य मान्यता बिपरित काम नगर्ने बताउनुभयो ।राजनीतिक स्थायित्वले नै बिकास र शुसासन दिने उहाँको भनाई छ ।
नेपाली काङ्ग्रेससंग मिलेर एमालेले सरकार बनाउने चर्चा छ नि? भन्ने पत्रकारको प्रश्नमा उहाले त्यो बिषयमा अहिले कुनै छलफल नभएको स्पष्ट पार्नुभयो । उहाँले अहिलेको मुलुकको अबस्था सुधार्न दलहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।
एमालेले संसदीय मुल्य मान्यता अनुसार प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताउनुभयो । “हामी रचनात्मक प्रतिपक्षीको रुपमा काम गर्छौं ।” उहाँले भन्नुभयो ।
के हो ग्रास रुट अभियान ?
एमालेले सन्चालन गरेको मिसन ग्रासरुट अभियान पार्टी बिस्तारको अभियान भएको उहाले बताउनुभयो । लुम्बिनी प्रदेशका अनुगमन समिति संयोजक समेत रहनुभएका भट्टराईले जिल्ला र पालिका तहको कार्यक्रम सप्पन्न भएको जानकारी दिनुभयो ।
२ महिना सम्म चल्ने अभियानले वडा, टोल हुदै प्रत्येक घरलाई समेट्ने बताउनुभयो । ” हामीले संगठन सुदृढीकरण गर्दैछौं “, उहाँले भन्नुभयो, “५१ प्रतिशत जनमत निर्माण गर्ने उद्देश्य छ ।”
मिसन ग्रासरुट अभियानमा प्युठानमा केन्द्रीय सदस्य इश्वरी जिएम, गिरिधारीलाल न्यौपाने र घनश्याम पाण्डे खटिनुभएको छ ।
