प्यूठान । नेपाल सरकारले विश्व पशु दिवस प्यूठानको स्वर्गद्धारीमा मनाउने भएकोछ । आईतवार भिगृमा आयोजित एक कार्यक्रममा वोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले दिवसको अवसरमा स्वर्गद्धारीमा रहेका गाईहरुलाई आहारको व्यवस्थापन गरेर दिवस मनाउने बताउनुभएको हो ।
दिवसको अवसरमा यहाँ रहेका गाईहरुको खोरेत, भ्यागुते, लम्की स्किन, चरचरे लगायतका रोगको परिक्षण शिबिर समेत संचालन गर्ने उहाँले बताउनुभयो । बिश्व पशु दिवस अक्टुवर २४ तारिकमा मनाइन्छ ।


उहाँले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना बुटवलले स्वर्गद्धारी नगरपालिकामा निर्माण गरेको कृषि तथा पशुपंक्षी सेवा केन्द्र भवनको उद्घाटन गर्नुभयो । पशुपालनको क्षेत्रलाई व्यवसायिक बनाउँदै स्वर्गद्धारी आउने पर्यटकलाई लक्षित गरि दुग्धजन्य पदार्थ उत्पादनलाई ब्यबस्थित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
