> समाज > खलंगामा भएको चोरी घटनामा संलग्न प्रहरी हिरासतमा


खलंगामा भएको चोरी घटनामा संलग्न प्रहरी हिरासतमा

प्यूठान । जिल्ला सदरमुकाम खलंगामा भएको चोरीका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झिमरुक गाउँपालिका वडा नं. ८ टिमुरचौरका १९ वर्षिय गोविन्द दमै भनिने नरेन्द्र दमै रहेको प्यूठान प्रहरीले जनाएको छ ।

 

गत साउन २८ गते खलंगाका दुई घरमा भएको नगद सहित अन्य सामाग्री चोरीको घटनामा संलग्नलाई पक्राउ गरि थप अनुसन्धान कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरिक्षक केशव केसीले जानकारी दिनुभयो । जिल्ला अदालतबाट ५ दिन म्याद थप गरि अनुधान कार्य अघि बढाइएको उहाँले बताउनुभयो ।

 

यस्तै गत साउन २७ गते ऐरावती गाउँपालिका वडा नं. २ ददेरीपाटा स्थित राकेश खड्काको होटलबाट टिभि सहित अन्य सामाग्री चोरी भएको घटनामा संलग्न सोहि ठाँऊ निवासी २४ वर्षिय शान्त बहादुर रावतलाई प्रहरीले पक्राउ गरेको छ । साउन ३१ गते प्रहरीले पक्राउ गरि ५ दिन म्याद थप गरी अनुसन्धान कार्य अघि बढाएको प्यूठान प्रहरीले जनाएको छ ।