> विचार > पर्यटन प्रवर्द्धनमा हाम्रो भुमिका


पर्यटन प्रवर्द्धनमा हाम्रो भुमिका

नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रले बहुआयामिक र दिगो योगदान पुर्याएको छ। रोजगारी, राजस्व, स्थानीय विकासदेखि अन्तर्राष्ट्रिय पहिचानसम्म यसले पुर्‍याएको प्रभाव ठूलो छ। आगामी दिनमा पूर्वाधार, प्रवर्द्धन, सुरक्षालाई प्राथमिकता दिई पर्यटन क्षेत्रलाई अझ मजबुत बनाउने हो भने नेपालको अर्थतन्त्रमा यसले अझ ठूलो योगदान पुर्याउन सक्छ ।

 

नेपालमा धेरै पर्यटकिय गन्तव्य रहेका छन । त्यस्तै प्युठान जिल्लामा पनि पर्यटकिय तथा धार्मिक हिसाबले धेरै महत्त्वपूर्ण गन्तव्य रहेका छन । जिल्लामा रहेका पर्यटकिय क्षत्रकाे ब्रण्डिङ गरि समग्र जिल्लाकाे बिकास गर्नुका साथै आयआर्जन , गरिविनिवारण , भौतिक पुर्बाधार बिकास , सामाजिक परिवर्तन गर्न सकिन्छ । जिल्लामा रहेकाे स्वर्गद्वारीमा दिनानुदिन आन्तरिक तथा बाह्य पर्यटक ( भक्तजन) थपिने दर बढेर गएको छ ।

 

प्युठानमा स्वर्गद्वारी , गौमुखी , ऐरावति , भित्रिकाेट , बिजुलिकाेट , तुसारा दियाल्ना झुलेनि , मल्लरानि , नौबहिनी क्षत्र, माक्रे मन्दिर , लुङ , लुप्लुङ्ग जस्ता महत्त्वपूर्ण ठाउछन । याे सङ्गै स्थानिय सरकारले तयार गरेका विभिन्न पार्क , मठमन्दिर , पदमार्ग जस्ता आकर्षक , यात्राकाे लागि ठाउँ बनेका छन । मानव जिवनमा अहिले विभिन्न किसिमका मानसिक शारीरिक समस्याहरु देखा पर्न थालेका छन । विभिन्न थकान तनाब कुण्ठाबाट मुक्ति प्राप्तिकालागि पदयात्रा , तथा नया ठाउकाे भ्रमणले केही सहजता ल्याउने देखिन्छ । त्यसैले अहिले आममानिस घुम्ने नया ठाउकाे अबलाेकन गर्ने गर्छन । यसबाट सम्बन्धि स्थानकाे आर्थिक बिकास हुन सक्छ जस्का लागि हामिले केही सुधार गर्नुपर्ने देखिन्छ ।

 

पर्यटन क्षेत्र कुनै पनि देश वा समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्दछ। पर्यटन प्रवर्द्धनमा स्थानीय बासिन्दाको भूमिका झनै विशेष हुन्छ, किनभने उनीहरू नै क्षेत्रको पहिचान, संस्कृति, पर्यावरण, आतिथ्य तथा सेवा प्रवाहका आधारशिला हुन्छ । पर्यटन बिकासका लागि स्थानीय स्थरमा सफा खानपान उचित बासस्थान , मनाेरम वातावरण तयार गर्नु मुख्य जिम्मेवारी हाे । जिल्लामा आउने पर्यटकका लागि सुबिधा सम्पन्न हाेटल , रमाइलो हाेमस्टे , स्थानिय परम्परा , सस्कृति झल्कने झाकि तथा भजनकृतन पर्दशनि , स्थानिय उत्पादित खानेकुराकाे ब्यबस्थापन गर्नु पर्छ । जिल्लामा पछिल्ला समय बिकास भएका केही गन्तव्यहरुमा केही भौतिक बिकास भए सङ्गै आन्तरिक पर्यटक आउने सङ्ख्या बढेकाे थियाे तर थप आकर्षण बिकास नगर्नु , फेरिपनि जाउजाउ हुने क्रियाकलाप सन्चालन नगर्नु , ग्रामिण स्तरमा रहेका स्थानमा उचित खानपान, बासकाे कमजाेर ब्यबस्थापनले गर्दा फेरि फर्कने अबस्था नरहेकाे देखिन्छ । त्यसैले हामी निम्न बिषयमा ध्यान दिन जरुरी छ ।

नेपालमा पर्यटन बिकास , सम्भाबना , अबसर चुनौतीका बिषयमा आफुले लेखेकाे आलेख डा. महेन्द्र महर्जनलाई सुनाउदै छाेरा सन्जिब भण्डारी ।

१. सांस्कृतिक पहिचानको संरक्षण र प्रस्तुति

स्थानीय जात्रा, पर्व, भाषा, नृत्य, गीत, पोशाक, रहनसहन आदि पर्यटन आकर्षणको मूल आधार हुन्छन्।

पर्यटकलाई आफ्ना मौलिक संस्कार देखाउने काम स्थानीयले गर्न सक्छन्, जसले गर्दा उनीहरूको अनुभव अझ रोचक  हुन्छ ।

 

२. स्वदेशी उत्पादन र सेवाको प्रवर्द्धन

स्थानीय हस्तकला, कृषि उपज, जडीबुटी, घरेलु सामग्री आदि बेचेर आम्दानी बढाउनुका साथै पर्यटकलाई मौलिक स्वाद र सामग्री प्रदान गर्न सकिन्छ ।

होमस्टे, गाइड सेवा, यातायात, स्थानीय खाना आदि सेवा स्थानीयले नै सञ्चालन गर्न सक्छन् ।

 

३. सफा, हरित र स्वागतयोग्य वातावरणको निर्माण

सरसफाइ, हरियाली, फोहोर व्यवस्थापन र पर्यावरण संरक्षणमा सक्रिय सहभागी भई पर्यटकका लागि आकर्षक वातावरण तयार गर्न सकिन्छ।

पर्यटन क्षेत्र वरपरको शान्ति, सुरक्षालाई कायम राख्न स्थानीयको सहकार्य आवश्यक हुन्छ ।

 

४. पूर्वाधार विकासमा सहभागिता

बाटो, खानेपानी, सूचना बोर्ड, विश्रामस्थल आदि निर्माण तथा संरक्षणमा स्थानीयले सहयोग गर्न सक्छन्।

पर्यटन विकास योजनामा स्थानीय जनताको सल्लाह र सुझावले दीर्घकालीन प्रभाव पार्छ ।

 

५. पर्यटकसँग सद्भाव र मैत्रीपूर्ण व्यवहार

स्थानीयको मैत्रीपुर्ण व्यवहारले पर्यटकलाई स्वागत गरिएको महसुस गराउँछ, जसले गर्दा पुनः भ्रमणको सम्भावना बढ्छ ।

गलत जानकारी नदिने, पर्यटकको सुरक्षा सुनिश्चित गर्ने, मार्गदर्शन गर्ने काम स्थानीयले प्रभावकारी ढंगले गर्न सक्छन् ।

 

६. स्थानीय नेतृत्व र संस्थागत विकास

स्थानीय युवाहरु र समुदायले पर्यटन क्लब, समिति, सहकारी आदि गठन गरेर सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न सक्छन् ।

स्थानको पहिचान बनाउने ब्रान्डिङ, प्रचारप्रसारमा सक्रिय भूमिका खेल्न सक्छन् ।

तसर्थ पर्यटन प्रवर्द्धनमा स्थानीयको सक्रियता बिना सफल र दिगो विकास सम्भव हुँदैन। स्थानीय समुदायले आफ्नो ठाउँप्रति गर्व गर्दै, त्यसलाई संरक्षण र प्रचार गर्न सकेमा पर्यटनबाट दीर्घकालीन फाइदा लिन सकिन्छ।

श्रीराम भण्डारी
भण्डारी नेपाल पत्रकार महासघ जिल्ला शाखा प्यूठानका अध्यक्ष हुनुहुन्छ ।