प्यूठान । साउन १ गतेदेखि लाग्ने चाडपर्व बिशेष मेलाहरु संचालनका लागि सरुमारानी गाउँपालिकाले समय निर्धारण गरेको छ ।
गाउँपालिका अन्तर्गतका ६ वटै वडाहरुमा राति १०:३० पछि मेलाहरु नगर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत त्रिबिक्रम खड्काले सार्बजनिक सूचना जारी गर्दै राति १०:३० बजे पछि कुनैपनि मेला, जमघट, नाँचगान लगायतका अन्य धार्मिक तथा साँस्कृतिक गतिविधिहरु नगर्न/नगराउन अनुरोध गरेको हो ।
