राष्ट्रियसमाज

आ.व. २०८०/८१ मा जिल्ला प्रहरी कार्यालय प्यूठानबाट ८० प्रतिशत मुद्धा फर्छाैट

प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले  आ.व. २०८०/८१  मा ८०.०९ प्रतिशत मुद्धा फर्छाैट गरेको छ । २०६ मुद्धा दर्ता भएकोमा १६५ मुद्धा फर्छाैट गरेको हो ।

गत वर्षको बाँकी १२५ मुद्धा मध्ये ११८ मुद्धा फर्छाैट गरी ९४.४० प्रतिशत प्रगति हाँसिल गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक इश्वर थापाले जानकारी दिनुभयो । यस वर्ष सबैभन्दा धेरै झण्डी आत्महत्याको ७६ वटा मुद्धा रहेको छ । कर्तव्य ज्यानको ६, सवारी ज्यानको १०, ज्यान मार्ने उद्योगको ३, ज्यान सम्बन्धी कसुरको २, विष सेवन गरी आत्महत्याको १, भवितव्य ज्यानको ३६, सवारी भवितव्य ज्यानको ४, फुटकर ज्यानको १६, बेवारिसे ज्यानको १, सवारी चोरीको २, नकबजनी चोरीको ५, बहुविवाहको ६, बालविवाहको ६, जबरजस्ती करणीको १५, जबरजस्तीकरणी उद्योगको २, बाल यौन दुरुपयोगको २, पशुपंक्षी सम्बन्धि कसुरको १, झुण्डी आत्महत्या दुरुत्साहन २ र बैंकिंग कसुरका ५ वटा मुद्धा दर्ता भएका हुन् ।

आ.व. २०७८/७९ मा ३५.३७ प्रतिशत र आ.व. २०७९/८० मा २९ प्रतिशत मुद्धा फर्छाैट भएको तथ्यांक छ ।

प्यूठानको भूगोल र यहाँको आवश्यकताका आधारमा कार्यालयबाट नवप्रवद्र्धनात्मक कार्यहरु सम्पादन गरेको उहाँले उल्लेख गर्नुभयो ।

पुराना कागजात पुरा गर्न बाँकी मुद्धाहरुलाई नजिकको प्रहरी यूनिटमा उपस्थित भई काम हुने व्यवस्था मिलाईएको छ । सवारी ज्यान मुद्धामा प्रतिवादीलाई जिल्ला सरकारी वलिक कार्यालयको सहमतिमा धरौटिमा छोड्ने व्यवस्था मिलाएको छ । सुरुवा भई आउने अनुसन्धान अधिकृतलाई पुराना मुद्धामा बकपत्र दिनुपर्ने भएमा त्यसलाई अनलाईन मार्फत दिने व्यवस्था मिलाएको छ । प्यूठानमा कार्यरत अनुसन्धान अधिकृतले जिल्ला अदालत बाग्लुंगमा अनलाईन मार्फत बकपत्र दिई प्रविधिको प्रयोगलाई व्यवहारमा लिइएको प्रमुख थापाले बताउनुभयो ।

प्रहरीका सवै युनिटहरुमा अग्नि रोधक जडान गरिएको छ । जिल्लाका विभिन्न २८ स्थानमा सिसिटिभि जडान, प्रहरी कर्मचारीलाई सिप विकास तालिम, सामाजिक सचेतनाका कार्यक्रमहरु संचालन गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रहरी चौकी बरौंला, इलाका प्रहरी कार्यालय पुजालिवासे, प्रहरी चौकी देविस्थानमा  प्रहरी चौकी भवन निर्माणका लागि पहल भैरहेको भन्दै कार्यालय प्रमुख थापाले बड्डाँडामा स्थानीय आपतकालिन कार्य संचालन भवन निर्माण प्रक्रियामा रहेको उल्लेख गर्नुभयो ।

Related Articles

Back to top button