समाज

जन्ती बोकेको स्कारपियो दुर्घटनामा एकको मृत्यु

प्युठान । प्युठानमा जन्ती बोकेको स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ऐरावति गाउँपालिका-२ बरौलामा लु ३ च ६८७४ नम्बरको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।

 

दुर्घटनामा मल्लरानी गाउँपालिका- ३ का दामोदर नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । बरौलाबाट खलंगा बुढाचौर जन्ती लिन हिडेको थियो । दुर्घटनामा घाईते भएकाको जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको छ ।

Related Articles

Back to top button