राष्ट्रियसमाज

युवा दिवसको अवसरमा पर्यटकीय क्षेत्र मल्लरानीमा सरसफाई

प्युठान । अन्तरास्ट्रिय युवा दिवसको अवसरमा प्युठानको पर्यटकीय क्षेत्र मल्लरानीमा सरसफाई गरिएको छ । शनिबार बिहान मल्लरानीमा सरसफाई गरिएको हो ।

 

जिल्ला युवा समिति प्युठान र बास नेपाल जिल्ला शाखा प्युठानले संयुक्त रुपमा कार्यक्रम गरेको हो । जिल्ला युवा समिति प्युठानका अध्यक्ष रामचन्द्र केसीले पर्यटकीय स्थल मल्लरानीमा पछिल्लो समय आन्तरिक पर्यटक बढेको बताउँदै फोहोर ब्यबस्थापन नभएकोले सरसफाई गरिएको बताउनुभयो । फोहोर राख्नका लागि ५ स्थानमा ड्रम समेत राखिएको उहाँको भनाई छ ।

 

यस वर्ष दिगो विकास लक्ष्यमा युवाको साथ : नवप्रवर्तक र उद्धमशिलतामा हरित शिप बिकास भन्ने नाराका साथ दिवस मनाईएको छ । वर्षेनी बिभिन्न सामाजिक कार्य गरेर दिवस मनाउदै आएको बास नेपाल प्युठानका अध्यक्ष जुमान सिंह केसीले बताउनुभयो । स्वयंसेवि रुपमा गरिएको कार्यक्रममा युवाहरूले साथ दिएकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

Related Articles

Back to top button