समाज

मानव अधिकार अवस्था अनुगमन समिति गठन

प्यूठान, १२ बैशाख ।
प्यूठान जिल्लामा जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका सचिव विजयसिंह भारतीको संयोजकत्वमा गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा प्यूठानका अध्यक्ष नेत्रमणि आचार्य र नेपाल बार एशोसियसन जिल्ला बार ईकाई प्यूठानका सचिव माधवप्रसाद श्रेष्ठ सदस्य रहेको समिति गठन गरिएको हो । समितिको पहिलो बैठकले जिल्ला स्तरीय मानव अधिकार सञ्जाल प्यूठानका संयोजक पार्वता आचार्य र मानव अधिकार संगठन प्यूठानका अध्यक्ष मेघराज भट्टलाई सदस्यमा मनोनित गरिएको छ ।
समितिले कोरोना भाइरस संक्रमण (कोभिड–१९) बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा नेपाल सरकारबाट भैरहेका कार्यहरु, उपभोक्ताको अधिकार, न्याय प्रशासनमा पहुँच, आवतजावतमा परेको समस्या, स्वास्थ्य सामग्रीको उपलब्धता, औषधीहरुको अभाव, निम्न वर्गको जिवनयापनको समस्या, राहत वितरण, क्वारेण्टाइनको मापदण्ड, स्वास्थ्यकर्मीको मनोबल, सीमामा आइपुगेका नेपालीको समस्या, नीजि अस्पतालको भूमिका, सञ्चार माध्यमको भूमिका, सामाजिक सञ्जालको प्रयोग÷सदुपयोग÷दुरुपयोग, अभिव्यक्ति स्वतन्त्रता, नागरिक सचेतना, नागरिक समाज र मानव अधिकारकर्मीको भूमिका, नागरिकको कर्तव्य जस्ता विषयहरुमा अनुगमन गर्नेछ ।
उक्त अनुगमनपछि राष्ट्रिय मानव अधिकार आयोग प्रदेश सम्पर्क कार्यालय नेपालगञ्ज समक्ष प्रतिवेदन पेश गरिने संयोजक विजयसिंह भारतीले जानकारी दिनुभयो ।

Related Articles

Back to top button