> समाज > प्यूठानमा राष्ट्रिय परिचय पत्र बनाउन पालिकालाई बार छुट्याईयो


प्यूठानमा राष्ट्रिय परिचय पत्र बनाउन पालिकालाई बार छुट्याईयो

प्यूठान । राष्ट्रिय परिचय पत्र बनाउन चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानले पालिकालाई बार छुट्याएको छ ।

 

पालिकाले जारी गरेको सूचना अनुसार आईतबार सरुमारानी र मल्लरानी, सोमबार स्वर्गद्धारी र झिमरुक, मंगलबार माण्डवी र ऐरावती, बुधबार नौबहिनी र गौमुखी, विहीबार प्यूठान नगरपालिकाकाका सेवाग्राहीले परिचय पत्र बनाउन सक्नेछन् ।

 

शुक्रबार भने आवश्यकता अनुसार सेवा प्रवाह गरिनेछ ।