आर्थिक/बिकासस्थानीय सरकार

मौरी पालक कृषकलाई आधुनिक घार

प्यूठान । सरुमारानी गाउँपालिकाले मौरी पालक कृषकलाई आधुनिक मौरीको घार वितरण गरेको छ ।

 

साना व्यावसायिक कृषि उत्पादन केन्द्र (मौरी पकेट) विकास कार्यक्रम अन्र्तगत १० जनालाई घार वितरण गरिएको प्रवक्ता चिन्त सोमै मगरले बताउनुभयो ।

मेलिफेरा जातको मौरी सहितको २८ वटा आधुनिक घार र खाली ११४ वटा आधुनिक घार वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा, आर्थिक विकास समिति संयोजक मोहमद हलिमले घार वितरण गर्नुभएको थियो ।

Related Articles

Back to top button