प्यूठान । ऐरावती गाउँपालिका–१ दाङवाङमा बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ । ऐरावती गाउँपालिका र स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा आज शिविर सञ्चालन गरिएको हो ।
शिविरमा १६८ जनाले सेवा लिएका छन् । जिल्ला अस्पला विजुवारका चिकित्सक डा.सुदिप अधिकारी, डा. सौरभ श्रेष्ठ, डा. ताराकिशोर महतो, डा. पारुल खडका, डा. अमित पाण्डेको टोलीले स्वास्थ्य जाँच गरेको थियो । साथै शिविरमा विरामीलाई औषधी समेत वितरण गरिएको थियो ।
शिविरले प्रारम्भिक रुपमा स्वास्थ्य समस्याबारे जानकारी हुने भएकाले रोगको उपचार गर्न सहज हुने वडा अध्यक्ष अमर रेश्मीमगरले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले आगामी दिनमा विशेषज्ञ सेवा सहितको शिविर सञ्चालन गर्ने बताउनुभयो । स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत पुष्कल श्रेष्ठले दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य समस्या हल गर्न शिविरले सहयोग पुग्ने बताउनुभयो ।