> स्थानीय सरकार > मल्लरानीमा महिला शिक्षकलाई सुत्केरी भत्ता


मल्लरानीमा महिला शिक्षकलाई सुत्केरी भत्ता

प्यूठान । मल्लरानी गाउँपालिका भित्र कार्यरत महिला शिक्षक सुत्केरी भएमा सुत्केरी भत्ताको व्यवस्था गरिने गरि मल्लरानी गाउँपालिकाले नीति तथा कार्यक्रममा समेटेको छ । त्यसैगरि कक्षा १० सम्मको शिक्षा निःशुल्क गराई यसै आर्थिक वर्षबाट लागु गर्ने उल्लेख छ ।

 

मल्लरानी गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी, बालविकास शिक्षक र विद्यालय व्यवस्थापन समितिका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउन अभिप्रेरित गर्ने नीति तथा कार्यक्रम बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *