प्युठान । स्वर्गद्वारी नगरपालिकाको प्रमुखमा टेक प्रसाद भण्डारी र उप प्रमुखमा मिनराज पुन बिजयी हुनुभएको छ ।
गठबन्धनबाट प्रमुखमा नेपाली काङ्ग्रेसबाट भण्डारी र उप प्रमुखमा रास्ट्रीय जनमोर्चाबाट पुन उम्मेदवार बन्नुभएको थियो ।
भण्डारीले ७७२६ मत प्राप्त गर्नुभयो भने एमालेका रामप्रसाद श्रेष्ठले ५१५२ मत ल्याउनुभएको छ । पुनले ७३७७ मत पाउनुभयो भने एमालेकी गौरी बारापाते (भट्टराई) ले ५०२६ मत पाउनुभएको छ ।
पालिकामा ३ र ९ नम्बर वडा एमालेले जितेको छ । ७ नम्बर वडा स्वतन्त्र र अरु वडा गठबन्धनले जितेको छ ।
