प्यूठान । जेठ ३० गतेदेखि रोकिएको जग्गाको धितो बन्धकको काम खुल्ला भएको छ । जग्गाको वर्गीकरण विना धितो बन्धक नराख्ने गरि भू– उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित भएपछि काम रोकिएको थियो ।
उक्त व्यवस्थाले नागरिकको मौलिक हक हनन हुने भन्दै विष्णु बहादुर सुनुवारले सर्वोच्च अदालतमा हालेको रिट निवेदनमा उक्त व्यवस्था हाल कार्यान्वयन नर्गन अदालतले अन्तरिम आदेश जारी गरेपछि धितो बन्धक खुल्ला भएको हो ।
भूमिका व्यवस्था तथा अभिलेख विभागबाट आजै परिपत्र आएकाले अवदेखि काम सुचारु हुने मालपोत कार्यालय खलंगाका मालपोत अधिकृत भोज बहादुर भण्डारीले जानकारी दिनुभयो । धिताे बन्धककाे काम राेकिदा विदेश पढ्न जाने विद्यार्थी, व्यवसायी मर्कामा परेका थिए ।









