प्यूठान । जिल्लाका बाख्रापालक किसानले व्यवसाय प्रर्वद्धनका लागि जिल्लाका सरोकारवाला निकायसमक्ष १८ बुँदे मागपत्र पेश गरेका छन् । जिल्लाका स्थानीय तह र बाख्रापालन व्यवसायसँग सरोकार राख्ने निकायलाई मागपत्र पेश गरेको हो ।

नेपाल व्यवसायिक बाख्रापालक महासंघ प्यूठानले आज प्यूठान नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानलाई मागपत्र बुझाएको छ । दुवै ठाउँबाट व्यवसाय प्रर्वद्धनका लागि सकारात्मक जवाफ पाएको जिल्ला सचिव पदम बहादुर के.सी.ले बताउनुभयो । जिल्लाका सवै स्थानीय तह र सरोकारवाला निकायलाई माग पत्र बुझाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
महासंघका केन्द्रीय सचिव सन्तोष केसी, जिल्ला अध्यक्ष राम बहादुर एमसी, सचिव पदम बहादुर केसी र प्यूठान नगरपालिका अध्यक्ष देव बहादुर केसीको टोलीले ज्ञापन पत्र बुझाएको थियो ।


