प्यूठान । जिल्लामा बिबिध कार्यक्रमको आयोजना गरि १८ औ गणतन्त्र दिवस हर्षोल्लासका साथ मनाइएको छ ।
मुल समरोह समितिको आयोजनमा खलंगामा प्रभातफेरी सहित जिल्ला समन्वय समितिको सभाहलमा मंच कार्यक्रम गरिएको छ । र्यालिमा नेपाल स्काउट, महेन्द्र माबी, मल्लरानी बोर्डिङ, नेवा खल लगायत जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी, नागरिक समाजका अगुवा, स्थानीयवासीको सहभागीता रहेको थियो ।
नेकपा एमाले प्यूठानले शारीरिक अपांगता आवास गृह खलंगामा रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री बितरण गरेर गणतन्त्र दिवस मनाएको छ ।
गणतन्त्र दिवसको अवसरमा अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिति प्यूठानले प्यूठान अस्पतालमा सरसफाई कार्यक्रम गरेको छ ।
प्यूठान उद्योग बाणिज्य संघ सरुमारानी बजार क्षेत्रले बडडाडामा, नौबहिनी बजार क्षेत्रले बाहानेमा, झिमरुक बजार क्षेत्रले मच्छीमा र एरावती बजार क्षेत्रले बरौलामा बजार सरसफाई गरेका छ्न ।
मल्लरानी ब्याडमिन्टन क्लब खलंगाले कभडहल सरसफाई गरेको छ ।
