> समाज > तस्करीमा संलग्न १० जना पक्राउ


तस्करीमा संलग्न १० जना पक्राउ

प्यूठान, २७ चैत
लकडाउनको मौका छोपी वन क्षेत्रमा चोरि तस्करी तथा सिकारका घटनाहरु वढ्न सक्ने भन्दै डिभिजन वन कायालय दाङले थालेको वन गस्तिले वन पैदावार चोरी निकासीमा संलग्न १० जनालाई पक्राउ गरेको छ । अत्यधिक जोखिमका साथ आठ वटै सव डिभिजन कार्यालय स्तरवाट आ आफ्नो क्षेत्र र डिभिजन स्तरबाट कार्यक्षेत्रको पुरै क्षेत्रमा प्रभावकारी रुपमा गस्ति गर्ने कार्य भईरहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

सवैजसो कर्मचारीहरुलाई चरणबद्ध रुपमा रात्री तथा दिवा सिफ्ट वनाई गस्ति भईरहेको र यसवाट वन संरक्षणलाई प्रभावकारी वनाउनुको साथै विभिन्न वन अपराधमा संलग्न व्यक्तीहरुलाई नियन्त्रणमा लिई कानुनी कार्वाही अगाडी वढाईएकोे डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

वन गस्ति टोलीले लकडाउन अवधिभर भएका विभिन्न ६ वटा घटनामा वन पैदावार चोरी तस्करीमा संलग्न भएको अभियोगमा १० जनालाई पक्राउ गरेको जनाएको छ । यस अवधिमा तीन वटा टेक्टर पनि वन गस्तीले नियन्त्रणमा लिएको छ । सयौं क्यूफिट अवैध काठ बरामद गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

दाङका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले लकडाउन पूर्व काठ तस्करीका घटनाहरु नभएकोमा लकडाउन हुनासाथ तस्करी ह्वात्तै बढेको बताउनुभयो । यसपटक तस्करी नहुने नयाँ ठाँउहरुमा समेत तस्करी भएको पाइएको बताउनु भयो । गस्तिका क्रममा लामो सयमदेखि वन पैदावार तस्करीमा संलग्न पेशेवरहरु पक्राउ परेको ज्ञवालीको भनाई छ । गस्तिले वनमै रुख ढालेर काठका रुपमा काटिरहेको अवस्थामा फेला परेको कार्यालयले जनाएको छ । लकडाउन भएपछि मजदुर काम रोकिएको र वनमा गएर काठ काटेपछि कमाई हुने लोभमा तस्करीमा लागेको हुनसक्ने पाइएको ज्ञवालीको भनाई छ ।

विगत देखिनै अनुसन्धानको क्रम हिरासतमा थुनुवाहरु समेत हाल डिभिजन वन कार्यालयमा १० जना अभियुक्तहरु थुनामा रहेका छन् । सामान्यतया ४ देखि ५ जनालाई नियन्त्रणमा राख्न सकिने क्षमता रहेको शसस्त्र वन सुरक्षा शाखाको थुनामा अहिले १० जना रहदाँ व्यवस्थापनमा केहि समस्या परेतापनि आजै देखि कोराना भाइरसको समेत जोखिमलाई मध्यनजर गरि थप थुनुवा कक्षको विस्तार गरिएको व्यहोरा समेत जाहेरी गरिएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!