> स्थानीय सरकार > सरुमारानी-५ र ऐरावती १ मा गठबन्धन विजयी


सरुमारानी-५ र ऐरावती १ मा गठबन्धन विजयी

प्यूठान । सरुमारानी गाउँपालिकाको वडा नं. ५ मा गठबन्धनको तर्फबाट वडा अध्यक्षको उम्मेदवार लक्ष्मी पल्ली विजयी हुनुभएको छ ।
पल्लीले ७३२ र एमालेका उम्मेदवार उम बहादुर खाम्चाले ४५४ मत प्राप्त गर्नुभएको छ ।

वजियी लक्ष्मी पल्ली

यसैगरी ऐरावती गाउँपालिका १ मा गठबन्धनको प्यानल विजयी भएको छ । अमर रेश्मीमगर सहितको प्यानल विजयी भएको हो । रेश्मीले ९२३ मत ल्याउनुभएको हो । गठबन्धनबाट महिला सदस्य चमेली गुरुङ, दलित महिला सदस्य विन्दु परियार, खुल्ला सदस्य टिकाराम आचार्य र मान बहादुर घर्तिमगर विजयी हुनुभएको छ ।
माओवादीका अध्यक्षका उम्मेदवार द्रोण पाण्डेले ५९४ र एमालेका वडा अध्यक्षका उम्मेदवार ओम बहादुर रानाले १०३ मत ल्याउनुभएको छ ।

विजयी अमर रेश्मीमगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *